
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसद् समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाए।
- उनले समितिको सभापतिलाई सार्वजनिक विषयमा बोल्न नदिएको आरोप लगाए।
- मोदीले संसद् सार्वभौम र माओवादी प्रतिपक्षको अधिकार भएको बताए।
८ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले समिति सभापतिसँग आपत्ति जनाएका हुन् । संसद् सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने उनले बताए ।
‘संसद् भनेको सार्वभौम हो । यो मिनि पाल्र्यामेन्ट हो । सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ,’ उनले भने, ‘हामीले बोलेका विषयमा तपाईंले रोक्नुहुन्छ । यो दुर्भाग्य हो । हामीलाई प्रतिबन्ध लगाउन पाउनु हुन्न ।’
सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने उनले दोहोर्याए ।
‘सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईंहरू हुनु हुँदैन, हुँदैन भन्ने । तपाईंहरूको हामी दास हो र ? माओवादी पार्टीको कुरा हो नि यो,’ उनले भने ।
सोही विषयमा केहीबेर समिति सभापतिसँग उनको भनाभन समेत भएको थियो ।
प्रतिक्रिया 4