+
+
Shares

फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे ‘महाराजधिराज’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता पुष्प खड्का दुई वर्षपछि फिल्म ‘महाराजधिराज’मा फर्किने निश्चित भएको छ।
  • उनी यस फिल्ममा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन्।
  • फिल्मलाई दशैंको फूलपातिमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।

काठमाडौं । २ वर्षको ‘ब्रेक’पछि अभिनेता पुष्प खड्का फिल्ममा फर्किने निश्चित भएको छ । उनी निर्माण तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा अनुबन्धित भएका छन् ।

केही दिनअघि उक्त फिल्म साइन् गरे । खड्का सन् २०२३ को फेब्रुअरीमा प्रदर्शनमा आएको ‘मनसँग मन’मा पछिल्लोपटक देखिएका थिए ।

यो फिल्ममा आफ्नो भूमिका महत्वपूर्ण हुने भन्दै खड्का उत्साहित सुनिए । यो फिल्मले आफूलाई नयाँ उचाइ दिने विश्वास उनले व्यक्त गरे ।

‘महाराजधिराज’मा यसअघि आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह अनुबन्धित भइसकेका छन् । ‘लिड फिमेल’मा वर्षा राउत र वर्षा सिवाकोटी तय छन् ।

परिच्छेद सेनले निर्देशन गर्ने फिल्मलाई छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको हो । प्रस्तुतकर्ता विराज बिष्ट रहेको फिल्मको लगानीकर्तामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

यो फिल्म दशैंको फूलपातिमा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?