+
+
Shares

तनहुँबाट अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १७:२९

८ जेठ, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त पेस्तोल गोली १ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका–७ गौरी नगर बस्ने ३२ वर्षिय बिजय तिवारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?