+
+
Shares

पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

डीएसपी राजकुमार सिंहले राज्यमन्त्री चौधरीको कैलालीस्थित पाँच तले घरमा चोरी भएको पुष्टि गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ।
  • मन्त्री चौधरीको घरमा चोरी भएको प्रहरीले पुष्टि गरेको छ।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

८ जेठ, धनगढी । संस्कृती, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियास्थित चौधरीको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राज्यमन्त्री चौधरीको पाँच तले घरमा बुधबार दिउँसो चोरी भएको पाइएको पुष्टि गरेका छन् ।

करिब एक महिनादेखि ताल्चा लगाएर कोही नबस्ने उक्त घरको पछाडिको दोस्रो तल्लाको सिँढीमा लगाइएको ग्रिल तारजाली फोडेर चोरी भएको देखिएको डीएसपी सिंहले जानकारी दिए ।

उनकाअनुसार चोरीमा संलग्न व्यक्तिले चौधरीको घरमा राखिएको ६ आनाको सुनको तिलहरी, तीन तोला पाँच आनाका दुई वटा औंठी, १२ आनाको सिक्री, ६ आनाको बिन्दिया, ६ आनाको औंठी, ६ थान चक, १२ आनाको मटवारी लगेको छ ।

यस्तै एउटा चाँदीको थाल, एक सय वटा चाँदीका पुराना पैसा, दुई जोडी पायल १५/१६ हजार बराबरका थारू गरगहना र नगद ६५ हजार नगद चोरी भएको छ ।

चौधरीको घरमा चोरी भएको जानकारी दिदी नाता पर्ने बर्दगोरिया गाउँपालिका–५ बस्ने श्यामकुमारी चौधरीले टेलिफोन मार्फत प्रहरीलाई दिएकी थिइन् ।

जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

बिहीबार कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा समेत चौधरीको चोरी भएको घरसम्म पुगेका थिए । उनले तत्काल चोरीमा संलग्न व्यक्तिको खोजी गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?