+
+
Shares

‘भ्वाइस किड्स’को कोचमा सत्यराज आचार्यको इन्ट्री, चौंथो सिजनको छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भ्वाइस अफ नेपाल’ किड्स संस्करणको छायांकन काठमाडौंमा सुरु भयो।
  • गायक सत्यराज आचार्य नयाँ कोचको रुपमा प्रवेश गरे।
  • छायांकनमा विदेशीभाषी बालबालिका समेत सहभागी छन् र शो दुई साताभित्र प्रसारण हुनेछ।

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ किड्स संस्करणको छायांकन विहीबारदेखि सुरु भएको छ । किड्सको यो चौंथो संस्करणमा गायक सत्यराज आचार्य नयाँ कोचको रुपमा प्रवेश गरेका छन् ।

सिजन छायांकनको ४ दिनअघिसम्म पनि कोचमा प्रमोद खरेल हुने चर्चा थियो । तर, अन्तिम समयमा दर्शकलाई सरप्राइज दिँदै गायक आचार्यको प्रवेश भयो ।

धुम्बाराहीस्थित भ्वाइसको सेटमा छायांकन सुरु भयो । हजारौं डिजिटल अडिसनबाट १०० जना छनोट हुने र तीमध्येबाट पुनः छनोटमार्फत ४८ जना सेलेक्ट हुने जनाइएको छ । यसको अर्थ, एकजना कोचको समूहमा १२ जना हुनेछन् ।

नेपालसहित विदेशबाट आएका विदेशीभाषी ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले ब्लाइन्ड अडिसनमा भाग लिँदैछन् । दुई साताभित्र हिमालय टिभीबाट शो प्रसारण सुरु हुने निर्देशक लक्ष्मण पौड्यालले जनाए ।

नयाँ सिजनको कोचमा सत्यराजसहित खेम सेन्चुरी, मेलिना राई र मिलन नेवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?