+
+
Shares

भिजिट भिसा प्रकरण : विमानस्थल अध्यागमनका ६ कर्मचारीको जिम्मेवारी खोसियो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव तस्करीको अनुसन्धान गरिरहेको बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
  • विमानस्थल अध्यागमन कार्यालयमा खटिएका नायब सुब्बाहरूलाई भिजिट भिसा प्रकरणको छानबिनका कारण जिम्मेवारीबाट हटाइएको हो।
  • आयोगले दुई दिनअघि विमानस्थलमा छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो र अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए।

९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई मन्त्रालयमा तानिएको एक अधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार, भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।

आयोगले विमानस्थल अध्यागमनमा आयोगले दुई दिनअघि छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो भने अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । दिनभर आयोगमा केरकार गरेर साँझ उनलाई भोलिपल्ट उपस्थित हुने गरी छाडिएको थियो ।

आयोगले एक महिनाअघिबाटै यो मामिलामा अनुसन्धान गरिरहेको थियो । छानबिन भइरहेको थाहा पाएर सहसचिव भट्टराईले एक दिनअघि सरुवा मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?