+
+
Shares

सवारीसाधन कर्जा सीमा बढाउन गभर्नरसँग नाडाको माग

अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलसँग भेटेर मूल्यमा ऋण अनुपात (एलटीभी) न्यूनतम ७० प्रतिशत बनाउन माग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाडा अटोमोबाइल्स एसोसिएसनले गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई ऋण प्रवाह सीमा बढाउन माग गरेको हो।
  • अध्यक्ष करण चौधरीले मूल्यमा ऋण अनुपात (एलटीभी) न्यूनतम ७० प्रतिशत बनाउन आग्रह गरे।
  • नाडाले कर्जा भुक्तानी क्षमता बढाउनुपर्ने माग गरेको छ ।

९ जेठ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यावहारिक कार्यान्वयनको माग गरेको छ ।

अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलसँग भेटेर मूल्यमा ऋण अनुपात (एलटीभी) न्यूनतम ७० प्रतिशत बनाउन माग गरेको हो ।

मौद्रिक नीतिको समीक्षा मार्फत ६० प्रतिशत सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकाले सम्पूर्ण अटोमोबाइल सेग्मेन्टका लागि यथार्थपरक स्तरमा ल्याउन आग्रह गरेको हो ।

राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय लिएको एक वर्ष भइसकेको भन्दै व्यावहारिक रूपमा बैंकहरूबाट कर्जा प्रवाह रोकिएको अध्यक्ष चौधरीले बताए ।

नाडाले कर्जा भुक्तानी क्षमता बढाउनुपर्ने माग गरेको छ । नाडाले गभर्नरसँग विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारीसाधनमा कर्जाको व्यावहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताबारे छलफल गरेको थियो ।

छलफलमा नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालीन आर्थिक नीति तय गर्ने विषयमा राष्ट्र बैंकको सहयोगमा नाडाले अन्तक्र्रिया गर्ने विषयमा प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?