 
																			१२ चैत, काठमाडौं । बजार भित्रिएको २-४ दिनमै लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिचीको भाउ बढेको देखाएको हो ।
बजारमा लिची भारतीय र लोकल गरि २ प्रकारका आएका छन् । आइतबारको तुलनामा सोमबार लोकल लिचीको प्रतिकिलो मूल्य ७३ रुपैयाँ बढेको छ ।
आइतबार लोकल लिची प्रतिकिलो अधिकतम २३० र औसत २ सय ३ रुपैयाँमा कारोबार भएको थियो । आज सोमबार भने लोकल लिचीको प्रतिकिलो मूल्य अधिकतम ३ सय र औसत २ सय ७६ रुपैयाँ कायम छ ।
यस्तै भारतीय लिचीको प्रतिकिलो मूल्य भने अधिकतम २ सय र औसत १ सय ९५ रुपैयाँ कायम छ ।
शनिबार लिची प्रतिकिलो अधिकतम २ सय र औसत १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
अहिले तराईबाट बजारमा लिची आएको फलफूल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार १०–१५ दिनपछि पहाडबाट आउनेछ । भारतको लिची भने एकदमै कम मात्रामा आएको उनीहरूको भनाइ छ ।
आम उपभोक्ता भने लिची प्रतिकिलो ३ सय ५० रुपैयाँदेखि ३ सय ८० रुपैयाँसम्ममा खरिद गरेको बताउँछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4