
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ले विश्व बक्सअफिसमा १९० मिलियन डलर ओपनिङ गरेको छ।
- फिल्मले २०० मिलियन डलरभन्दा बढी कमाउने अपेक्षा गरिएको छ र नेपालमा ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
- अन्तर्राष्ट्रिय बजारमा यसले १ बिलियन डलरभन्दा बढी लाइफटाइम कलेक्सन गर्ने अनुमान छ।
काठमाडौं । टम क्रूज स्टारर ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ले विश्व बक्सअफिसमा प्रभावशाली ओपनिङ गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पहिलो सप्ताहन्तको ओपनिङ १९० मिलियन डलर (१९ करोड डलर) छ ।
‘मिसन इम्पोसिबल’ सिरिजको अन्तिम श्रृंखला भएकाले पनि दर्शकमााझ यो फिल्म प्रतीक्षित छ । यो कमाइसँगै यो फिल्म सन् २०२५ मा धेरै कमाउने १० फिल्मको सूचीमा अटाएको छ ।
क्रूजसँगै हेली एटवेल, भिङ राम्स, साइमन पेग, हेनरी जेर्नी र एन्जेला बासेट अभिनीत यो फिल्मले श्रृंखलाकै उत्कृष्ट ओपनिङ गरेको हो । अनुमानित ३०० देखि ४०० करोड अमेरिकी डलर बजेटमा बनेको फिल्मलाई अहिलेसम्मका महंगा हलिउड फिल्ममध्ये बताइएको छ ।
६४ अन्तर्राष्ट्रिय बजारमा मात्र फिल्मले रिलिजअघि नै प्रिभ्यू टिकट बिक्री गरेको थियो । क्रूजको अघिल्लो फिल्म ‘टप गन माभेरिक’ले ६२ अन्तर्राष्ट्रिय बजारबाट १२६ मिलियन डलर कमाएको थियो । चीनसहितका १५ ठूला विदेशी बजारमा फिल्म प्रदर्शन हुने तयारीमा छ । सोमबारसम्म फिल्मले विश्व बजारमा २०० मिलियन डलर कमाउने प्रक्षेपण छ ।
विश्व बजारमा फिल्मले १ बिलियन डलरभन्दा धेरैको लाइफटाइम कलेक्सन गर्ने विश्लेषण गरिएको छ ।
नेपालमा प्रदर्शनको दोस्रो दिन शनिबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले ४३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । आइतबारसम्म यो कमाइ ६० लाख नाघेको हुनसक्ने अनुमान छ ।
प्रतिक्रिया 4