+
+
Shares

विदेश बस्ने आफन्तलाई ‘रातो च्याउ’ कोसेली

औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो । पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रुपमा लैजाने गरेका छन् ।

रासस रासस
२०८२ जेठ १३ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको लेकाली क्षेत्रमा पाइने रातो च्याउ औषधीय र स्वादिलो भएकाले बजार र विदेशमा पठाइन्छ।
  • जिल्लाका विभिन्न गाउँपालिकामा जेठदेखि साउनसम्म रातो च्याउ सङ्कलन र बिक्री हुन्छ, जसले आम्दानी बढाएको छ।
  • स्थानीयहरूले रातो च्याउलाई शुद्ध र पौष्टिक मान्दै बजार र विदेशमा बिक्री गर्न थालेका छन्।

१३ जेठ, गलेश्वर। म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ ।

औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो । पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रुपमा लैजाने गरेका छन् ।

जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ । जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका– ५ का इलमी बुढामगरले बताए ।

‘बुहारी र नाति नातिनी अहिले जङ्गलमा गएर च्याउ टिप्न व्यस्त छन् ।दैनिक तीन÷चार किलो च्याउ टिपेर ल्याउँछन्’, बूढाले भने, ‘केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौँमा रहेका आफन्तहरु विदेशमा गएका आफन्तलाई कोसेलीको रुपमा पठाउने गर्छौ।’ आलो रातो च्याउ बजारमा रु आठ सयदेखि रु एक हजार दुई सय सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए ।

धवलागिरि गाउँपालिका– ४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिन अघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाइन् । जेठ लागेयता उनले १४ किलो च्याउ सङ्कलन गरेर बिक्री गरी रु १५ हजार बढी आम्दानी गरेकी छिन् । बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ ।

जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जङ्गलको च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?