+
+
Shares

विराटनगरमा भेटियो दुर्लभ सर्प, उद्धारकर्तातर्फ फालिदियो विष

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १४ जेठमा विराटनगर महानगरपालिका-४ नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ मोनोस्लेड कोब्रा सर्प फेला पर्‍यो।
  • सर्प उद्दारका क्रममा हवल्दार शम्भु घिमिरे घाइते भए र उनलाई २८ घण्टा अस्पतालमा राखिएको थियो।
  • उद्दार गरिएको सर्पलाई जंगलमा छाडिदै आएको र उनले हालसम्म ३९० वटा सर्प जंगलमा लगेर छाडेका छन्।

१४ जेठ, विराटनगर । विराटनगरमा दुर्लभ मानिने मोनोस्लेड कोब्रा सर्प फेला परेको छ । विराटनगर महानगरपालिका-४ नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ मानिने सर्प फेला परेको हो ।

घटना जेठ १० गतेको हो । घरका सदस्यले सर्प देखेपछि विराटनगर महानगरलाई खबर गरेका थिए । सर्प उद्धारका क्रममा महानगरका उद्धारकर्ता हबल्दार शम्भु घिमिरे घाइते भएका थिए ।

यो सर्पले जोखिम महसुस गरे परैबाट विष फाल्ने गर्छ । सर्पले परैबाट विष फाल्दा अनुहारमा लागेर उनी सामान्य घाइते भएका हुन् ।

घिमिरेले डिभिजन वन कार्यालय मोरङमार्फत जंगलमा लगेर सर्प छाड्ने गर्छन् । शर्माको घरबाट उद्धार गरेर ल्याएको सर्पलाई केजमा राख्न खोज्दा सर्पले फालेको विष उनको अनुहारमा लागेको थियो । त्यसपछि अस्पताल भर्ना भएका उनी २८ घण्टापछि घर फर्किएका थिए ।

उनले सर्पलाई जंगलमा लगेर छाडिसकेका छन् । विराटनगरमा उनले हालसम्म ३९० वटा सर्प उद्धार गरी जंगलमा लगेर छाडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?