+
+
Shares

माओवादीको आरोप- गृहमन्त्रीकै संलग्नतामा विमानस्थलमा तस्करी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको संलग्नतामा त्रिभुवन विमानस्थलमा भ्रष्टाचार भएको आरोप लगाए।
  • सुनुवाइमा उनले भिजिट भिसा सेटिङ प्रकरणले देशको छवि निहुरिएको बताए र मानव तस्करी भएको आरोप लगाए।
  • उनीहरूले गृहमन्त्रीको भाषण र आचरणमा अन्तर रहेको टिप्पणी गरे।

१४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो आरोप लगाएका हुन् ।

‘यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुर्‍याएको छ । बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? यो दुःखद कुरा हो,’ उनले भने, ‘गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ । हाम्रो देशको छवि अब कस्तो होला ?’

भुटानी शरणार्थी प्रकरणले देशको शीर निहुरिएको बेलामा भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुर्‍याएको टिप्पणी गरे ।

भिजिट भिसाको आवरणमा भएको तस्करीमार्फत गृहमन्त्री आफू संलग्न रहेपनि कर्मचारीलाई दोष दिएर उम्किन खोजेको उनको आरोप छ ।

‘मुलभूतरुपमा गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभुवन विमानस्थलमा भ्रष्टाचार भइरहेको । त्यो पनि थोरै रकम हैन दिनमा पचास लाख रुपैयाँसम्म उठाइरहेको भन्ने जो चर्चा छ,’ उनले भने, ‘यो अहिले सर्वाधिक चर्चाको विषय छ । हामीलाई थाहा छ कुनैदिन भुटानीशरणार्थी प्रकरणले देशको शीर निहुँर्‍यायो । कम्तिमा पनि छ महिनासम्म यसबारे देशविदेशमा बहस चल्यो ।’

गृहमन्त्री लेखकले भाषण अर्कै गर्ने गरेको तर आचरण ठिक नरहेको टिप्पणी समेत उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?