+
+
Shares

बैंकहरूको अनिवार्य नगद मौज्दात आइतबारदेखि दैनिक ९० प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात ९० प्रतिशत कायम गर्न निर्देशन दिएको हो।
  • मौज्दातको गणना साप्ताहिक औसत निक्षेप र दैनिक मौज्दातको आधारमा गरिनेछ।
  • सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत गरिएको छ।

१४ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आगामी आइतबारदेखि दैनिक रुपमा राख्ने अनिवार्य नगद मौज्दात बढेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि अनिवार्य नगद मौज्दात दैनिक सीमा बढाउने उल्लेख गरेको थियो । सो अनुसार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै दैनिक कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात ९० प्रतिशत पुर्‍याउन भनेको हो ।

बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दात बापत केन्द्रीय बैंकमा राख्नु पर्छ । यस व्यवस्था बमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम आइतबारदेखि दैनिक रुपमा राख्नु पर्नेछ ।

अनिवार्य मौज्दातको गणना साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गरिने केन्द्रीय बैंकले जनाएको छ । मौज्दातको गणना गर्दा एक हप्ता अन्तराल कायम गरी त्यसपछिको दुई हप्तामा कायम गरिने औसत नगद मौज्दातलाई लिइन्छ ।

अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनको लागि कुल निक्षेप दायित्वका हकमा साप्ताहिक रुपमा आइतबारदेखि शनिबारसम्मको कुल निक्षेपको योगलाई सात अङ्कले भाग गरी दैनिक औसत निर्धारण गर्नुपर्नेछ ।

यसैगरी, केन्द्रीय बैंकको मौज्दातको गणना गर्दा आइतबारदेखि १४ औं दिनको शनिबारसम्मको दैनिक मौज्दातको कुल योगलाई चौध अङ्कले भाग गरी दैनिक औसत निर्धारण गरिनेछ । नयाँ व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दातको कम्तीमा ९० प्रतिशत मौज्दात दैनिक रुपमा कायम हुनुपर्छ ।

साथै केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतलाई सय प्रतिशतमा झारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?