+
+
Shares

गृहमन्त्रीले जनतालाई गुमराहमा राख्न खोजे : माओवादी केन्द्र

आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनमार्फत जनतालाई थप गुमराहमा राखेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १३:५३
फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणविरुद्ध संघर्ष जारी रहेको बताए।
  • उनले गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आशंका व्यक्त गर्दै राजीनामा मागे।
  • पाण्डेले पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले दोषरोपण गरी जनतालाई गुमराह गर्न खोजेको आरोप लगाए।

१५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणविरुद्ध सदनभित्र विपक्षीले सुरु गरेको संघर्ष जारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोेलेका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका रहेकाले राजीनामा माग्दै विपक्षीले संघर्ष गरिरहेको बताएका हुन् ।

उनले आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए ।

‘पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले कर्मचारीलाई दोषरोपण गरेर गृहमन्त्री पन्छिन खोज्नु भयो,’ उनले भने, ‘भ्रष्टाचार भयो भने कारबाही गर्ने दायित्व यो सरकारको छ कि छैन ? कारबाही गर्न यो सरकार बनेको होइन ? यसरी जनतालाई गुमराहमा राख्न खोजिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?