 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- विष्णुप्रसाद पौडेलले २०८२/८३ को बजेट संसद् भवनमा प्रस्तुत गर्न अर्थ मन्त्रालयबाट झोलामा ल्याएका छन्।
- अर्थमन्त्रीहरूले विगतका वर्षहरूमा विदेशी ब्रिफकेस प्रयोग गरे पनि यसपालि नेपाली झोलाको प्रयोग गरेका छन्।
- बजेट वक्तव्य आज सार्वजनिक हुने क्रममा छ।
१५ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष २०८२/८३ को बजेट बोकेर संसद् भवन प्रवेश गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बजेट लिएर उनी संसद् भवन पुगेका हुन् । अब केहीबेरमा बजेट प्रस्तुत हुँदैछ ।
अल्लोको झोलामा शिलबन्दी गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो ।
गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गाँजाको झोला प्रयोग गरेका थिए ।
विगतका वर्षहरुमा अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे ।
यसपालि पनि गठबन्धन सरकारका अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4