+
+
Shares

वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बाट ७० वर्षमा बढाएको छ।
  • उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे।
  • अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने व्यवस्था गरिएको छ।

१५ जेठ, काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ ।

यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु,’ नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘हाल प्राप्त गरिरहेका, दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भत्ता पाउने उमेर यथावत् राखेको छु ।’

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

योसँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?