
News Summary
Generated by OK AI. Editorially reviewed.- साउथ सुपरस्टार यशले ’रामायण’ फिल्ममा रावणको भूमिका निर्वाह गर्नेछन् र छायांकन सुरु भएको छ।
- फिल्मको निर्देशन नितेश तिवारीले गर्दैछन् र पहिलो भाग सन् २०२६ को तिहारमा रिलिज हुनेछ।
- गाय नोरिसले भव्य एक्सन दृश्यहरूको तयारी गरिरहेका छन् र फिल्ममा रणवीर कपूर, साई पल्लवी, र सनी देओल समेत देखिनेछन्।
काठमाडौं । साउथ सुपरस्टार यश पौराणिक कथावस्तुको फिल्म ’रामायण’मा रावणको भूमिकामा देखिनेछन् । यो फिल्मको छायांकन सुरु भएको छ र अब सेटबाट यशको पहिलो तस्विर बाहिर आएको छ ।
यस तस्विरमा उनी जबर्जस्त एक्सन मुडमा देखिएका छन् । उनी पूर्ण रूपमा फिट देखिन्छन् । उनको लुकबाट स्पष्ट हुन्छ कि उनी रावणको रुपमा नयाँ शैली लिएर आउँदैछन् ।
यो फिल्ममा उनी अभिनेता मात्र होइनन्, यसका सहनिर्माता पनि हुन् । यसबाहेक, फिल्मका सह-निर्माता नमित मल्होत्रा हुन्, जो ’रामायण’लाई विश्वव्यापी स्तरमा लैजान चाहन्छन् ।
फिल्मलाई नितेश तिवारीले निर्देशन गर्दैछन्, जसले ’दंगल’ र ’छिछोरे’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ’रामायण’को पहिलो भाग सन् २०२६ को तिहार र दोस्रो भाग सन् २०२७ को तिहारमा रिलिज हुनेछन् । फिल्मलाई नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र यशको मोन्स्टर माइन्ड क्रिएशन्सले संयुक्त रूपमा निर्माण गर्दैछन् ।
यस फिल्मको विशेष कुरा के हो भने हलिउडका प्रसिद्ध स्टन्ट निर्देशक गाय नोरिस यशसँग काम गरिरहेका छन् । उनी त्यही व्यक्ति हुन् जसले ’म्याड म्याक्स : फ्युरी रोड’ र ’द सुसाइड स्क्वाड’जस्ता फिल्ममा अद्भुत एक्सन कोरियोग्राफी गरेका थिए ।
गाय नोरिस हाल भारतमा छन् र ’रामायण’ को लागि भव्य एक्सन दृश्यहरूको तयारी गरिरहेका छन् । यशले यो फिल्मको पहिलो भागको लागि लगभग ६० देखि ७० दिनको छायांकन गर्नेछन् ।
’रामायण’मा उत्कृष्ट एक्सन, उत्कृष्ट भीएफएक्स, विशाल सेट र बलियो स्टार कास्ट हुनेछन् । फिल्ममा यशसँगै रणवीर कपूर पनि देखिनेछन् ।
फिल्ममा रणवीर कपूर भगवान रामको भूमिकामा, साई पल्लवीले सीताको भूमिकामा, रवि दुबे लक्ष्मणको भूमिकामा, लारा दत्ता कैकेयीको भूमिकामा र सनी देओल हनुमानको भूमिकामा देखिनेछन् । अभिनेत्री काजल अग्रवालले फिल्ममा रावणकी पत्नी मन्दोदरीको भूमिका निर्वाह गरेकी छिन् ।
प्रतिक्रिया 4