+
+
Shares

महिला उद्यमीलाई सघाउने ‘एकेडेमी फर वुमन इन्टरप्रेन्योर्स’ कार्यक्रम शुभारम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राजदूत डीनआर थम्पसनले नेपाली महिला उद्यमीलाई लक्षित ‘एडब्लुई’ कार्यक्रमको शुभारम्भ गरे।
  • कार्यक्रमले ३० महिला उद्यमीलाई विश्वस्तरीय तालिम, परामर्श र स्रोत प्रदान गर्नेछ।
  • यसले नेपाली र अमेरिकी व्यवसायलाई मद्दत गरी दुवै देशको अर्थतन्त्र बलियो बनाउने अपेक्षा गरिएको छ।

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनले नेपाली महिला उद्यमीलाई लक्षित ‘एकेडेमी फर वुमन इन्टरप्रेन्योर्स (एडब्लुई) कार्यक्रमको शुभारम्भ गरेका छन् ।

महिलालाई आफ्नो व्यवसाय वृद्धि गर्न र स्थानीय आर्थिक वृद्धिलाई सशक्तरुपमा अघि बढाउन अमेरिकी सरकारले यो कार्यक्रम संचालन गरेको जनाइएको छ । यो पहलमार्फत अमेरिका र नेपालबीचको व्यवसायिक सम्बन्धलाई बलियो बनाउने आशा अमेरिकी दूतावासले लिएको छ ।

विहिबार आयोजित शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत थम्पसनले यो पहल कार्यक्रम मात्र नभएर एक ‘मूभमेन्ट’ रहेको बताए । ‘महिलाहरू सशक्त हुँदा अर्थतन्त्र वृद्धि हुन्छ, समुदायहरू फस्टाउँछन् र दिगो साझेदारी अझै गहिराइमा पुग्छ भन्ने विश्वासलाई यसले मद्दत गर्छ’ राजदूत थम्पसनले भने ।

प्रसिद्ध नेपाली व्यवसायी, अमेरिकन चेम्बर अफ कमर्स इन नेपालका सदस्यको नेतृत्वमा आयोजित तीन दिने आवासीय बुटक्याम्पले ३० महिला उद्यमीलाई उनीहरूको उद्यमलाई बढाउन विश्वस्तरीय तालिम, परामर्श र स्रोत प्रदान गर्ने जनाइएको छ ।

विश्वव्यापी रूपमा चर्चित ‘नजाफी १०० मिलियन लर्नर्स’ कोर्सद्वारा सञ्चालित उक्त कार्यक्रमले सहभागीलाई उनीहरूको समुदायमा नवप्रवर्तन र रोजगारी सिर्जनालाई बढावा दिन र व्यावहारिक सीप सिक्न मद्दत गर्छ ।

कार्यक्रमले व्यापार, सहकार्य र वृद्धिका लागि नयाँ अवसरहरू सिर्जना गरेर अमेरिकी र नेपाली व्यवसायलाई मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, दुवै देशको अर्थतन्त्रलाई बलियो बनाउने जनाइएको छ ।

‘यसले विदेशमा अवसर खोज्नुको सट्टा नेपालीहरूलाई स्वदेशमै फस्टाउने उद्यमहरू निर्माण गर्न अर्थपूर्ण आर्थिक अवसरहरू सिर्जना गर्दछ’ कार्यक्रमबारे दूतावासले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?