+
+
Shares

दिब्या डिसहोमकी प्रवर्धन दूतमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिशहोमले अभिनेत्री दिब्या रायमाझीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्यो।
  • सम्झौतामा डिसहोम र रायमाझीले हस्ताक्षर गरे।
  • उनले सामाजिक संजालमा गर्व व्यक्त गर्दै नयाँ यात्राको शुभकामना दिइन्।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोमले अभिनेत्री दिब्या रायमाझीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

डिजिटल नेपालतर्फको यात्रामा नयाँ पुस्ताको प्रतिनिधित्व गर्न उनीसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ । यो व्यवसायिक सहकार्यमा दिब्याले पनि खुसी जनाएकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘मेरो अभिनय यात्रासँगै यस्तो प्रतिष्ठित ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको छ, जुन नेपाली परिवारहरूलाई एकआपसमा जोड्ने काममा सक्रिय छ ।’

‘ब्रान्ड एम्बेसडर’ सम्झौता कार्यक्रम डिसहोमको कर्पोरेट कार्यालय भैंसेपाटीमा आयोजना गरिएको थियो । सम्झौतामा डिसहोम इन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय राजभण्डारी र अभिनेत्री रायमाझीले हस्ताक्षर गरेका छन् ।

सधैं आत्मविश्वाससहित प्रस्तुत हुने दिब्या हालै ’वाव’ म्यागजिनको कभर सुटमा समेत देखिएकी थिइन् । यससँगै उनले धमाधम फिल्म साइन गरिरहेकी छन् । यसैवर्ष रिलिज भएको ‘एक्टर टेक वन’बाट उनले अभिनयमा डेब्यु गरिन् । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?