+
+
Shares

बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, बस्ती पस्यो माइखोला

कोशी लोकमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते ९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षासँगै आएको बाढीले झापामा पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध बनाएको छ।
  • प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भए पनि वैकल्पिक बाटोबाट यातायात सञ्चालनमा आएको छ।
  • बाढीले झापाको झापा गाउँपालिका २ मा २२ घरपरिवार विस्थापित भएको र कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ।

१७ जेठ, विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए ।

बाढीले धुलाबारीनजिकको कल्भर्टको ड्राइभर्सन बगाएको छ । सो स्थानमा अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ ।

बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्‍याएको छ ।

प्रहरी उपरीक्षक लिम्बुका कारण निकास नहुँदा निर्माणाधीन सडकको डाइभर्सनमा पानी जमेका कारण यातायातमा समस्या भएको हो । ‘पुल कल्भट निर्माणका लागि डाइभर्सन बनाइएको छ’, उनले भने, ‘सडक छेउमा माटो पुरेर बनाइएका डाइभर्सनमा केही समस्या आएको हो ।’

उनका अनुसार माइखोलामा आएको बाढी भने बस्ती पसेको छ । झापाको झापा गाउँपालिका २ मा बस्तीमा पसेको हो ।

नदीको बाढी बस्ती तर्फ गएपछि २२ घर परिवार विस्थापित भएका छन् । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थानीयलाई सारेको उनले बताए । उनका अनुसार केही घरमा बाढीको पानी पसेको हो ।

मनसुन भित्रिएको एक दिनपछि वर्षासँगै आएको बाढीका कारण  कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?