+
+
Shares

मिस विभा-मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस विभा–मिस ग्राण्ड नेपाल २०२५ को आवेदन ३२ जेठसम्म खुला छ।
  • प्रतियोगिता १८ साउनमा पुल्चोकस्थित द प्लाजामा हुनेछ र विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछ।
  • आवेदनका लागि १७ देखि २८ वर्षका अविवाहित युवती र उचाइ १५७ सेमी भन्दा माथि आवश्यक छ।

काठमाडौं । मिस विभा-मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुला भएको छ । आयोजकले विज्ञप्ति जारी गर्दै इच्छुकले ३२ जेठभित्र आवेदन दिन सक्ने जनाएका हुन् ।

यो सौन्दर्य प्रतियोगिताको फिनाले १८ साउनमा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । विजेताले मिस ग्रान्ड इन्टरन्यासनलको अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुने मौका पाउने जनाइएको छ ।

विजेताले २५ लाख रुपैयाँ मूल्य बराबरको हीराको ताज धारण गर्ने अवसर प्राप्त गर्ने उल्लेख छ । सन् २०२० देखि सौन्दर्य प्रतियोगिता ‘मिस विभा’ आयोजना गर्दै आएको उमङ्ग क्रिएसनले प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको धारणा परिवर्तन गर्न सफल भएको जनाएको छ ।

संस्थाका प्रमुख उद्धव अधिकारीले विजेतालाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउनु अघि विशेष प्रशिक्षण दिने बताए ।

आवेदनका लागि आवश्यक योग्यतामा कम्तीमा ५ फिट २ इन्च (१५७ सेमी) वा सोभन्दा माथि उचाइ भएका १७ देखि २८ वर्षका अविवाहित युवती हुनुपर्नेछ । प्रतियोगिताले ‘स्टप द वार एन्ड भायोलेन्स’ भन्ने सन्देश बोकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?