
१८ जेठ, काठमाडौं । काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर लगायतका क्षेत्रमा मात्रै प्रदर्शन गर्न आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि ती क्षेत्रमा मात्रै प्रदर्शन गर्न भनेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा प्रदर्शनका लागि आदेश जारी गरिएको हो ।
कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र, बल्खु क्षेत्र र सिफल चौर क्षेत्रमा प्रदर्शन गर्न आदेश जारी गरिएको हो ।
चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै आदेश जारी भएको जनाइएको छ ।
उक्त आदेश दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।
यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ* –सम्पादक
प्रतिक्रिया 4