+
+
Shares

निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १२:११

१९ जेठ, काठमाडौं । संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै संघर्षरत निजामती कर्मचारीहरुले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुई घण्टा धर्ना दिएका छन् । निजामती कर्मचारीका विभिन्न संघ–संगठनहरुले मन्त्रालयको मूल ढोकामा बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म धर्ना दिएका हुन् ।

संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको छ । उक्त विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूची छ । ट्रेड युनियन सञ्जालले राखेका ११ बुँदे माग सो विधेयकमा नसमेटिएको भन्दै कर्मचारीहरु आन्दोलनमा छन् ।

कर्मचारीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ वर्ष राख्नुपर्ने, प्राविधिक पदमा नासुस्तरको भर्ना खोलिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन् ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहको परिभाषामासरकार उदासीन देखिएको, अतिरिक्त सचिवको क्यापमा पनि सरकार उदासीन देखिएको लगायतका गुनासो कर्मचारीहरुको छ ।

आफूहरुका मागलाई राज्यले सम्बोधन नगरे भोलिदेखि कडा आन्दोलनमा उत्रिने नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?