+
+
Shares

भारतको पूर्वी राज्य आसाममा बाढी आतंक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आसामको लखीमपुर र गुवाहाटीमा भारी वर्षाका कारण आएको बाढीले जनजीवन प्रभावित बनाएको छ।
  • मौसम विभागले आसाम र मेघालयमा ‘रेड अलर्ट’ जारी गरी उच्च सतर्कता अपनाउन भनेको छ।
  • भारी वर्षाका कारण तीन हजारभन्दा बढी घरहरू क्षतिग्रस्त हुनुका साथै र १९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

१९ जेठ, काठमाडौं । भारतको पूर्वी राज्य आसाममा बितेको केही दिनदेखि भइरहेको भारी वर्षाका कारण कैयौं क्षेत्रमा बाढी आएको छ । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले ३१ मे को साँझ प्रकाशित एक प्रतिवेदन अनुसार बाढीका कारण आसामका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन् ।

बीबीसी हिन्दीका अनुसार आसामको लखीमपुर जिल्लामा बाढीका कारण धेरै स्थानीयवासीहरूले आफ्ना घर छोडेर उचाइ भएका स्थानमा अस्थायी टेन्ट गाडी बसोबास गरिरहेका छन् ।

बाढीबाट सबैभन्दा बढी प्रभावित लखीमपुर जिल्ला भएको छ। जिल्ला प्रशासनले लखीमपुरमा दसभन्दा बढी राहत शिविरहरू सञ्चालन गरेको छ । भारी वर्षाका कारण आसामको राजधानी गुवाहाटीमा आएको बाढीले स्थानीय बासिन्दाहरूलाई पनि सास्ती दिएको छ ।

बाढीका कारण सडक र रेल यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ ।

दुई राज्यमा ‘रेड अलर्ट’

यसैबीच, भारतको मौसम विभागले आउने साता आसाम र मेघालयमा अति भारी वर्षा हुने भन्दै ‘रेड अलर्ट’ जारी गरेको छ । विभागले मनसुनजन्य विपद्को उच्च जोखिमको संकेत गर्दै उच्च सतर्कता अपनाउन भनेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार नागाल्याण्ड, मिजोराम, मणिपुर र त्रिपुरा राज्यमा पनि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले भनेको छ ।

त्यस्तै, विभागले अरुणाचल प्रदेश, पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा पनि अत्यधिक वर्षाको पूर्वानुमान गरेको छ । भारी वर्षाका कारण बाढी तथा पहिरोबाट भारतको उत्तरपूर्वी राज्यहरूमा तीन हजारभन्दा बढी घरहरूमा क्षति पुगेको र १९ हजारभन्दा बढी जनसंख्या प्रभावित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?