+
+
Shares

दलभन्दा माथि जनता हुन्छन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १५:११

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरु भन्दा माथि जनता हुने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता नै सम्पूर्ण शक्तिको स्रोत हुने बताएका हुन् ।

‘दलभन्दा माथि जनता हुन्छन् । सम्पूण शक्तिका स्रोत जनता हुन्’ ओलीले भने, ‘अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले राजतन्त्रको वकालत गर्नु मूर्खता भएको बताए ।

‘आजको समाजमा जन्मिदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो’ प्रधानमन्त्रीले भने, ‘भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?