+
+
Shares

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान हुँदै

सियोलको राष्ट्रिय निर्वाचन आयोगले दिउँसो सम्म ६२.१ प्रतिशत योग्य मतदाताहरूले मतदान गरि सक्ने जनाएको छ । जुन अघिल्लो चुनावको भन्दा बढी हो ।

रासस रासस
२०८२ जेठ २० गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको छ्।
  • कोरियाली जनता नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ।
  • मतदान प्रक्रिया बेलुका ८ बजे सम्म चल्ने र ६२.१ प्रतिशत मतदान हुने अपेक्षा गरिएको छ।

२० जेठ, सियोल । पूर्व दक्षिण कोरियाली नेता युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलबार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको छ ।

महिनौँको आन्दोलन पछि दक्षिण कोरियाली जनता नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ । राष्ट्रपति चुनावमा दुई मुख्य उम्मेदवारहरू लिबरल उम्मेद्वार ली जे म्युङ र कन्जरभेटिभका उम्मेद्वार किम मुन सु रहनु भएको छ ।

बिहान ६ः०० बजे देखि सुरु भएको मतदान प्रक्रिया बेलुका ८ः०० बजे सम्म चल्ने र मतदाताको सहभागिता उच्च हुने अपेक्षा गरिएको छ । कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

सियोलको राष्ट्रिय निर्वाचन आयोगले दिउँसोसम्म ६२.१ प्रतिशत योग्य मतदाताहरूले मतदान गरि सक्ने जनाएको छ । जुन अघिल्लो चुनावको भन्दा बढी हो । महिनौँको आन्दोलन पछि सञ्चालन हुन लागेको चुनावको दिन कुनै अभियानलाई अनुमति दिइएको छैन ।

नेता युन र उनकी पत्नी किम केओन हीले निवास नजिकैको मतदान केन्द्रबाट मतदान गरेको जनाइएको छ । दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षको कार्यकाल हुन्छ भने नियमित राष्ट्रपति चुनावको साथ, संक्रमणकालीन अवधि हुन्छ । प्रारम्भिक चुनावमा राष्ट्रिय निर्वाचन आयोगले मत गणनाको अनुमोदन गरेपछि विजेता राष्ट्रपति बन्छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?