+
+
Shares

मेरो केही धारणा छैन, चुप बस्छु : निलम्बित नगर प्रहरी प्रमुख पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:१६

२० जेठ, काठमाडौं । निलम्बनमा परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफू केही समय चुप लागेर बस्ने बताएका छन् ।

निलम्बनमा परेपछि अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले निलम्बनबारे कुनै धारणा सार्वजनिक नगर्ने बताए ।

‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले नै बुझ्नुहुन्छ । केही धारणा छैन । निलम्बन गरियो सकियो,’ पाण्डेले भने, ‘हुलहुज्जत गर्‍यो भनेर निलम्बन गरिएको भन्छन् । मेरो मूल्याकंन म आफैंले गर्नु ठिक हुँदैन ।’

उनले आफूले पत्र बुझ्नुभन्दा पहिलै मिडियामा समाचार आइसकेको पनि बताए ।

‘पत्र बुझेको आधा घन्टा भयो । पहिलै मिडियामा आयो के हो के ?,’ पाण्डले थप भने, ‘केही सोचेकै छैन । मेयरसाबसँग कुरा भएको छैन । म चुपो लागेर बस्छु ।’

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि आजै निलम्बन गरेका छन् ।

यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?