News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले एसपी विष्णु जोशीलाई निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ।
- प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एसएसपी राजुनाथ पाण्डेलाई निलम्बन गरी जोशीलाई जिम्मेवारी दिएका हुन्।
- जोशीले आफूलाई अनौपचारिक जानकारी मात्र आएको बताए।
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रमुखमा वरिष्ठ उपरिक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बित गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।
महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत एसपी जोशीले यसबारे आफूलाई अनौपचारिक जानकारी मात्रै आएको सुनाए ।
‘म कार्यालयकै कामले अहिले फिल्ड तिर छु, मैले पनि सुनेँ तर आधिकारिक जानकारी छैन,’ जोशीले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4