
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले अनलाइनखबरलाई जानकारी दिए ।
बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था अनुसार उनलाई निलम्बन गरिएको बताइएको छ । ‘अब उहाँको निलम्बनबारेमा कार्यपालिका बैठकमा छलफल हुन्छ,’ गुरागाईंले भने, ‘त्यसपछि उहाँलाई के गर्ने भन्नेबारेको थप निर्णय त्यहीँबाट हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4