+
+
Shares

आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रहः दबाबमुक्त भएर काम गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते २२:४२
Photo Credit : प्रमको सचिवालय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको परिचयात्मक छलफल भएको छ ।
  • प्रधानमन्त्री ओलीले आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न आवश्यक सहयोग गर्ने बताए र सरकारको कुनै हस्तक्षेप नहुने स्पष्ट गरे ।
  • छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, महान्यायाधिवक्ता रमेश बडाल र आयोगका अध्यक्ष महेश थापा सहभागी थिए।.

२० जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार राति भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरू नियुक्त भएपछि सुरु गरिएका कामहरूको बारेमा जानकारी गराएका थिए ।

उनीहरूले थप उजुरीका लागि सूचना प्रवाह लगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटघाटमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल, महान्यायाधिवक्ता रमेश बडालसहित सहभागी छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लीलादेवी गड्तौला, आयोगका सदस्यहरु र सचिवहरु सहभागी थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने बताए ।

उनले अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट गरेको प्रमको सचिवालयले जनाएको छ ।

‘तपाईँहरु कसैको दबाबमा नपर्नुस् । स्वतन्त्र, निष्पक्ष र निडरताका साथ काम गर्नुस् र सरकारले कुनै हस्तक्षेप र दख्खल गर्दैन । आवश्यक सहयोग गर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

दुवै आयोगमा यही जेठ ४ गते पदाधिकारी नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?