+
+
Shares

१ बजेलाई सारिएको संसद् बैठक अझै सुरु भएन, सभामुख आन्तरिक छलफलमा

सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १ बजे बस्ने गरी सूचना टाँसेर सारिएको प्रतिनिधिसभाको आजको बैठक अझै सुरु भएको छैन ।
  • सहमतिका लागि आज बसेको बैठकले निकास दिन सकेन । विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन्।
  • सभामुखले बैठक सञ्चालन वा स्थगित गर्ने निर्णय गर्न आन्तरिक छलफल गरिरहेका छन्।

२१ जेठ, काठमाडौं । १ बजे बस्ने गरी सूचना टाँसेर सारिएको प्रतिनिधिसभाको आजको बैठक अझै सुरु भएको छैन ।

सभामुखले राखेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूको बैठक निष्कर्षहीन भएपछि आजको संसद् बैठक पनि अनिश्चित बनेको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् । सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन ।

सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका छन् । सभामुखले विपक्षीको अवरोधका बीच बैठक सुरु गर्ने वा अर्को मिति तोकेर स्थगित गर्ने निर्णय लिन सक्छन् ।

सभामुखकै पहलमा हिजो भएको प्रमुख सचेतकहरूको बैठकमा दलहरू सहमतिको नजिक पुगेका थिए । विपक्षी दलहरूले २०६४ यताका गृहमन्त्री तथा श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न सरकार तयार भए सदनमा गृहमन्त्रीलाई बोल्न दिने धारणा राखेका थिए । तर, विपक्षलाई सत्तापक्षले छानविन समिति गठनको विश्वासिलो आधार दिन सकेन ।

सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै सत्तापक्षले बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ । सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?