+
+
Shares

पाकिस्तानबाट फिर्ता भए दुई लाखभन्दा बढी अफगानी

तर सन् २०२३ मा इस्लामाबादले स्वदेश फिर्र्ती कार्यक्रम सुरु गरेदेखि दश लाखभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन् ।

रासस रासस
२०८२ जेठ २१ गते १६:२१

२१ जेठ, इस्लामाबाद ।  पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको इस्लामाबादको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अप्रिलमा एक लाख ३५ हजारभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडे भने मे महिनामा यो सङ्ख्या ६७ हजारमा झरेको थियो । यसैगरी, जुन महिनाको पहिलो दुई दिनमा तीन हजार भन्दा बढी अफ्गानीलाई स्वदेश फिर्ता पठाइएको थियो ।

लगातारको गृहयुद्धबाट भागेर लाखौँ अफगानीहरू पाकिस्तानमा आई आप्रबासी शरणार्थीका रूपमा बसोबास गर्दै आएका छन् । तर सन् २०२३ मा इस्लामाबादले स्वदेश फिर्र्ती कार्यक्रम सुरु गरेदेखि दश लाखभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन् ।

मङ्गलबार, संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले इरानबाट निर्वासित अफगान परिवारहरूको सङ्ख्या बढेकोमा चिन्ता व्यक्त गर्दै मे महिनामा १५ हजार ६७५ जनाले सीमामा दर्ता गरेको जनाएको छ । अघिल्लो महिनाको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?