+
+
Shares

भिजिट भिसा प्रकरणमा विपक्षीका माग पूरा गर्न सम्भव छैन : बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा विपक्षीका माग पूरा गर्न असम्भव बताएका छन् ।
  • उनले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको गठन सम्भव नभएको बताए।
  • बर्तौलाले संसद् बैठक अवरुद्ध गरिरहेका प्रतिपक्षीको मागलाई पुनर्विचार गर्न सुझाव दिए।

२१ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न असम्भव रहेको बताएका छन् ।

बुधबारको संसद् बैठक अवरुद्ध भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने बताएका हुन् ।

उनले गृहमन्त्रीलाई संसद्बाट जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने धारणा राखे । संसद्को गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले अपरिपक्व माग राखेकाले पुनर्विचार गर्न उनको सुझाव छ ।

बर्तौलाले सरकारलाई रोकेर प्रतिपक्षीले संसद्लाई बन्धन बनाउन नमिल्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?