+
+
Shares

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले यातायात व्यवसायीहरूलाई हडताल नगर्न आदेश जारी गर्यो।
  • न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आदेशको निरन्तरता बारे छलफल गर्न बोलाएको छ।
  • यातायात व्यवसायीहरूले हिजो आन्दोलन फिर्ता लिएका छन्।

२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ ।

अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

यद्यपि यातायात व्यवसायीहरूले हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?