+
+
Shares

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी (तस्वीरहरू)

अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग सहित तरुण दलका नेता-कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ २३ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्न माग गर्दै सानेपामा प्रदर्शन भएको छ।
  • प्रदर्शनकारीहरूले समिति भंग गरी नयाँ समिति गठन गर्नुपर्ने माग राखेका थिए।

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्नुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ ।

अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग सहित तरुण दलका नेता-कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् ।

मोटरसाइकल र्‍यालीसहित सानेपा पुगेर वर्तमान समितिलाई भंग गरेर नयाँ ल्याउनुपर्ने उनीहरूको माग छ ।

नयाँ कार्य समितिको माग सहित विरोध गर्नेहरू पनि सभापति शेरबहादुर देउवा पक्षकै छन् ।

विरोध र्‍यालीको नेतृत्व गर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरी लगायत छन् ।

तरुण दल अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेकोले उनलाई निरन्तरता दिन नहुने उनीहरूको भनाइ छ ।

फेरि अवधि थपिए पनि गुरुङले महाधिवेशन गराउन नसक्ने असन्तुष्ट तरुण दलका नेताहरूको दाबी छ ।

तरुण दलका अध्यक्ष गुरुङविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शन गर्नेहरूलाई केन्द्रीय कार्यालयमा प्रवेश नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ । केन्द्रीय कार्यालय प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोकेको छ ।

ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार भ्रातृसंस्था विवादलाई लिएर भएको प्रदर्शनबाट हुने सक्ने सम्भावित घटनालाई लिएर सुरक्षाकर्मी परिचालन गरिएको हो ।

सभापति देउवा तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरूलाई अन्तिम एकपटक समय थप्ने पक्षमा छन् । केही दिन अघि भएको पदाधिकारी बैठकमा सभापति देउवाले भ्रातृ संस्थाको अवधि थप्नुपर्ने विचार राखेका थिए ।

तदर्थ समितिमा रहेको तरुण दलको केन्द्रीय समिति ४०१ जना छन् । ९ चैत २०७८ सालमा सभापति देउवाले तरुण दलको अध्यक्षमा गुरुङलाई मनोनित गरेका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?