+
+
Shares

बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी

बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १७:४३

२३ जेठ, काठडमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ ।

बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।

अहिलेसम्म १६/१७ वटा पसल जलिसकेका छन् ।

आगलागी निभाउने कार्य जारी छ । प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ ।

आगलागीबाट बजार क्षत्रेमा ठूलो क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?