+
+
Shares

पूर्वराष्ट्रपति भण्डारीले झापा पुगेर के भनिन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १७:०६

२४ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छिन् ।

नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘हामीले भविष्यका जिम्मेवार नागरिक हाम्रा विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु हाम्रो दायित्व हो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मुलुकको जिम्मेवार राजनीतिक पार्टी जसको अध्यक्षसमेत यसै झापा जिल्लाका हुनुहुन्छ । उहाँको जिल्लामा यस प्रकारको रचनात्मक कार्यक्रम आयोजना हुनु खुसीको विषय हो ।’

भविष्यका जिम्मेवार नागरिक विद्यार्थीलाई वैज्ञानिक सोच, अनुसन्धनमुलक दृष्टिकोण र नवप्रवर्तनशिल क्षमता विकास गराएर विश्वस्तरमा प्रतिस्पर्धी बनाउनु सरकारको दायित्व भएको उनले बताइन् ।

विज्ञान केबल प्रयोगशालामा सिमित रहने विषय नभइ मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्‍याउने प्रभावकारी प्रक्रिया भएको उनले बताइन् ।

राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरुको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन् ।

‘विज्ञान केबल प्रयोगशालामा सिमित रहने विषय होइन । बरु यो त मानिसको सोच, चिन्तनलाई सही निष्कर्षमा पुर्‍याउने प्रभावकारी प्रक्रिया हो । राष्ट्रलाई आर्थिक रुपले समृद्ध र विकसित बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हाँसिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य छ,’ उनले भनिन्, ‘राज्यको तर्फबाट विज्ञान, प्रविधि गणित शिक्षाको विकासमा विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक छ । विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरुमा पर्याप्त साधन, स्रोतसहितका प्रयोगशाला दक्ष शिक्षक तथा प्राविधकि जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व बन्न गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?