+
+
Shares

अत्यधिक पिरो खानाले आवाज नै गुमाएपछि रेष्टुरेन्टविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्यान होजेकी न्युरोलोजिस्ट डा. हरजसलीन वालियाले क्यालिफोर्नियाको थाइ रेष्टुरेन्टविरुद्ध मुद्दा दायर गरेकी छन्।
  • उनीले ‘ड्रागन बल्स’ खानेकुरा खाँदा अत्यधिक पिरो र मसालेले स्वास्थ्यमा स्थायी क्षति पुगेको आरोप लगाइन्।
  • रेष्टुरेन्टले आरोप अस्वीकार गर्दै खुर्सानी मिसिएको कारण पिरो र मसला घटाउन नसकेको बताएको छ।

अमेरिकाको क्यालिफोर्नियाकी एकजना महिला डाक्टरले स्थानीय थाइ रेष्टुरेन्टमाथि मुद्दा दायर गरेकी छन् । कूप डी थाई रेष्टुरेन्टले अत्यधिक पिरो तथा मसालेदार खानेकुरा दिएका कारणले गर्दा आफ्नो गला बिग्रिएर बोली नै बन्द भएको भन्दै स्यान होजे शहरकी न्युरोलोजिस्ट डा. हरजसलीन वालियाले उक्त रेष्टुरेन्टविरुद्ध मुद्दा हालेकी हुन् ।

समाचारका अनुसार सन् २०२३ मा उनले सो रेष्टुरेन्टमा गएर ‘ड्रागन बल्स’ नामक खानेकुरा अर्डर गरेकी थिइन् । उनले त्यसबेला वेट्रेसलाई खानेकुरामा मसला कम गर्न अनुरोध गरेकी थिइन् र ती वेट्रेसले उनको कुरामा सहमति जनाएकी थिइन् ।

तर उनले पिरो र मसला कम गर्न भनेपनि रेष्टुरेन्टले उनको अनुरोधलाई नजरअन्दाज गरेछ । त्यसैले पहिलो गाँस खाँदा नै पिरोका कारण उनको मुख, जिब्रो र घाँटीमा जलन हुन थाल्यो । नाकभित्र पनि जलन भयो अनि आँखाबाट आँसु र नाकबाट पानी बग्यो । उनी लगातार खोक्न थालिन् ।

वालियाका अनुसार, अत्यधिक पिरोले उनलाई रासायनिक जलन भयो । उनको स्वरयन्त्र, अन्ननली र नाकमा समेत स्थायी क्षति पुगेको छ । उनको आवाज गुमेको छ र बोल्न निकै गाह्रो हुन्छ ।

पहिलो गाँस खाँदा नै मुखमा निकै जलन भएपछि उनले रेष्टुरेन्टका कर्मचारीसँग दूध वा आइसक्रिम मागेकी थिइन् । तर रेष्टुरेन्टले उनलाई राहत दिन केही पनि उपलब्ध गराएन । उनले पछि नरिवल पानी र पानी पनि पिइन्, तर पनि जलन कम भएन ।

उनले दायर गरेको अभियोगमा त्यस्तो पिरो खाना सामान्य मानिसका लागि उपयुक्त नभएको र रेष्टुरेन्टले स्वास्थ्य अधिकारी वा आपतकालीन सेवासँग परामर्श नगरको बताइन् ।

उता रेष्टुरेन्टले भने आरोप अस्वीकार गरेको छ । रेष्टुरेन्टका प्रतिनिधिका अनुसार मीटबल्सभित्र खुर्सानी मिसिएका कारण पिरो र मसला घटाउन सम्भव थिएन । हालसम्म अरु कसैले पनि असह्य पिरो भयो भनेर गुनासो नगरेको पनि उनले दाबी गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?