
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको कार्यक्षमता सुधारको आवश्यकता औंल्याए।
- उनले पूँजी बजारको पारदर्शिता र प्रभावकारीताका लागि नयाँ उपकरण प्रयोग गर्न सुझाव दिए।
- मन्त्री पौडेलले बोर्डले काम, पारदर्शिता र सुशासनमा उन्नति गर्न आवश्यक रहेको बताए।
२५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका कामकारबाहीमा गुणात्मक सुधार चाहेको बताएका छन् । बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बजेटमा सम्बोधन भएका विषयलाई बोर्डले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे ।
कुनै पनि प्रभाव र दवावभन्दा माथि उठेर नेपालको पूँजी बजारलाई साँच्चै नै माथि लैजानेगरी अहिलेको नेतृत्व र टिमले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
पूँजी बजारको कारोबारमा पारदर्शिताका लागि इन्साइडर ट्रेडिङ लगायत अन्य विकृति हुन नसक्नेगरी बोर्डले कामकारबाही अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘विभिन्न मुलुकमा पूँजी बजारका नयाँ नयाँ उपकरण प्रयोग भइरहेको छ, हाम्रो मुलुकमा के, कस्ता उपयुक्त उपकरण कसरी प्रयोगमा ल्याउन सक्छौं, त्यसमा गम्भीर भएर लाग्न सुझाव दिन चाहन्छु’ मन्त्री पौडेलले भने । पूँजी बजार अर्थतन्त्रको ऐना रहेको उनले दोहोर्याए ।
आउने दिनमा बोर्डले काम, परिमाण, पारदर्शिता, निश्पक्षता र सुशासनको हिसावले उन्नत रुपमा लैजान सक्नुपर्ने र त्यसका लागि सरकारले गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको पौडेलले बताए ।
प्रतिक्रिया 4