
२६ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वइञ्जियिनर रामबाबु महतो कोइरी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
अख्तियारले उनीमाथि चार करोड ५९ लाख रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो । अख्तियारको दाबी अनुसार २ करोड ३७ लाख रुपैयाँ आर्जन गरेका उनको साथमा ७ करोड ९६ लाख रुपैंया भेटिएको थियो ।
अख्तियारले महतोसहित उनकी श्रीमती मालामाथि पनि सम्पत्ति जफतका लागि मुद्दा चलाएको छ । उनी २०४६ सालदेखि २०७८ सालसम्म काठमाडौं महानगरपालिकाका इञ्जिनियर थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4