+
+
Shares

स्थानीय तह अझै संघसँगै निर्भर बन्नुपरेको छ : डंगोल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपमेयर सुनिता डंगोलले संघीय सरकारको अनुदानमाथि निर्भरता रहेको बताइन्।
  • उनीहरूले स्थानीय तहको राजस्व स्रोत कमजोर रहेको र क्षमता अभिवृद्धि आवश्यक रहेको उल्लेख गरे।
  • उनले स्थानीय सरकार ऐनले दिएको अधिकार पूर्ण रुपमा प्रयोग नभएको गुनासो गरिन्।

२६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको बताएकी छिन् ।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलव्ध गराउने अनुदानमै निर्भर रहेको बताइन् ।

‘आफ्नै राजश्वबाट स्रोत उठाउने कुरा अझै पनि धेरै पालिकामा कमजोर छ । नेपालको संविधानले बाहल कर एकल रुपमै स्थानीय तहलाई दिएको छ,’ उपमेयर डंगोलले भनिन्, ‘तर संस्थागत बाहल करलाई आयकरका रुपमा संघीय सरकारले लिइरहेको छ । जसकारण स्थानीय तहको राजश्वको स्रोतलाई असर पारिरहेको छ ।’

साथै उनले पालिका सरकारहरुको क्षमता बढाउन नसकीएको स्वीकार गरे । स्थानीय सरकार ऐन, २०७४ ले लघु घरेलु, तथा साना उद्योग व्यवस्थापन अन्तर्गत इजाजत, दर्ता नविकरणदेखि खारेजीसम्मको अधिकार दिएको छ ।

तर स्थानीय सरकारले यी अधिकार पूर्ण रुपमा उपयोग गर्न नपाएको उपमेयर डंगोलको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?