+
+
Shares

भोलि रास्वपा सचिवालय बैठक, स्थानीय तह उम्मेदवार छनोट रूपरेखाबारे छलफल गर्ने

बैठकको पहिलो कार्यसूचीमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल गर्ने भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते २१:०३
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले भोलि सचिवालय बैठक बोलाएका छन् । भोलि बिहान पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

बैठकको पहिलो कार्यसूचीमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल गर्ने भनिएको छ ।

यस्तै, दोस्रोमा महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा, तेस्रोमा संसदीय दलको विधान संशोधन सम्बन्धमा र चौथोमा विविध भनेर कार्यसूची सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?