+
+
Shares

रास्वपा सचिवालय बैठक बस्दै, लेबीदेखि योजना आह्वानसम्म एजेण्डा तय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते ७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक ६ वैशाख दिउँसो साढे ३ बजे बनस्थलीमा बस्नेछ।
  • बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग र सल्लाहकार परिषद् विषयमा छलफल हुनेछ।
  • महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, योजनाहरू आह्वान र संसदीय दलका लागि प्राविधिक सहायता पनि एजेन्डामा छन्।

६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि आधा दर्जन बढी एजेण्डा तय गरिएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा छलफल हुनेछ ।

यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, योजनाहरू आह्वान र विविध जस्ता एजेन्डा पनि तय छन् ।

विविधमा पनि प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक र संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?