+
+
Shares

चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको ज्यान गयो

आक्रमणमा गम्भीर घाइते बालकलाई तुरुन्तै बन्दीपुर अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा साँझ ८:२० बजे डाक्टरले मृत घोषणा गरेका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २१:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणले ६ वर्षीय बालकको ज्यान गएको हो।
  • आक्रमणको घटना मंगलबार साँझ भएको र बालकलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • प्रहरी र वन कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ।

२६ जेठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक ६ वर्षीय बालकको ज्यान गएको छ।

स्थानीय दलबहादुर गुरुङका छोरा उत्सव गुरुङ आफ्नै घरको आँगनमा बसेको बेला सोमबार अन्दाजी साँझ ७:३० बजे अचानक जंगली चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।

आक्रमणमा गम्भीर घाइते बालकलाई तुरुन्तै बन्दीपुर अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा साँझ ८:२० बजे डाक्टरले मृत घोषणा गरेका थिए।

चितुवा आक्रमणको घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ। घटनापछि प्रहरी र वन कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?