+
+
Shares

अब प्रहरीमा संगीत रोयल्टीसम्बन्धी मुद्दा पनि दर्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले संगीत रोयल्टी सम्बन्धी मुद्दा दर्ता गर्न थालेको छ, प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार।
  • काठमाडौंमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरीहरूलाई निर्देशन दिए, जसले अधिकारको कार्यान्वयन सुनिश्चित गर्नेछ।
  • गीतकार संघ नेपालका महासचिव शिव राईले यस कदमले स्रष्टाहरूलाई आफ्नो अधिकार प्रयोग गर्न सक्षम बनाउने बताए।

२७ जेठ, काठमाडौं । अब प्रहरीमा पुगेका संगीत रोयल्टी सम्बन्धीको मुद्दा पनि दर्ता हुने भएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ मा टेकेर संगीत रोयल्टी सम्बन्धीको मुद्दा दर्ता हुने भएको हो ।

यसका लागि काठमाडौंमा हालै सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरीहरूलाई निर्देशन पनि दिएका छन् । यस कदमले कानूनले प्रदान गरेको प्रतिलिपि अधिकारसम्बन्धी व्यवस्थाको कार्यान्वयन हुने तथा स्रष्टाको सिर्जना जगेर्ना हुने उनले बताए ।

त्यस्तै गीतकार संघ नेपालका महासचिव शिव राईका अनुसार यस कदमले स्रष्टाहरूलाई कानूनले दिएको आफ्नो हकअधिकार प्रयोग गर्न सक्षम बनाउने छ । यदि कसैले अनुमति नलिई सार्वजनिक प्रयोग गरे, त्यसबापतको रोयल्टी नतिरे स्रष्टाले काठमाडौं उपत्यका भित्रमा उजुरी दिन सक्ने छन् । 

यसका लागि प्रहरीले उपत्यका भित्रका २१ प्रहरी एकाईहरूमा कपिराइट पुलिस सेल नै गठन गरिसकिएको उनले सुनाए ।

हाललाई यस्तो सेल उपत्यकाभित्रमा मात्र सीमित गरिए पनि भविष्यमा देशैभर राख्ने तामाङले जानकारी दिए । यसअघि भने नेपालमा यस्तो व्यवस्था गरिएको थिएन । पछिल्लो समयमा नेपाल रोयल्टी सङ्कलन समाजले गीत/संगीत को प्रयोग गरेबापतको रोयल्टी उठाउने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?