
News Summary
Generated by OK AI. Editorially reviewed.- टेक अर्बपति इलोन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको पछुतो व्यक्त गरे।
- मस्कले ट्रम्पका केही पोस्टहरूले हद पारे गरेको र ट्रम्पसँगको सम्बन्धमा फाटो आएको संकेत गरे।
२८ जेठ, काठमाडौं । टेक अर्बपति इलोन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको आफूलाई पछुतो लागेको बताएका छन् ।
बुधबार आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले ट्रम्पका बारेमा हालै गरेका कडा टिप्पणीहरूप्रति पछुतो लागेको बताएका हुन् ।
एक्समा बुधबार दिउँसो राष्ट्रपति ट्रम्पको ह्यान्डिललाई मेन्सन गर्दै मस्कले लेखेका छन्, ‘गत हप्ता राष्ट्रपति ट्रम्पका बारे गरेका केही पोस्टहरुप्रति मलाई पछुतो लागेको छ । त केही हद नाघ्ने खालका थिए ।’
केही दिनयता राष्ट्रपति ट्रम्प र मस्कबीच श्रृखंलावद्ध आरोपत्यारोप चलिरहेको थियो । यसबीच धनाढ्य व्यापारी मस्कले राष्ट्रपति ट्रम्पमाथि चर्चित व्यापारी तथा यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित गोप्य फाइलहरू लुकाएको आरोप समेत लगाएका थिए ।
उक्त आरोप हालसम्म पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) प्रमुख समेत बनेका मस्कले ट्रम्प प्रशासनले लै ल्याउन लागेको एक विधेयकको विरोध गरेपछि यी बीच तिक्तता बढेको थियो ।
I regret some of my posts about President @realDonaldTrump last week. They went too far.
— Elon Musk (@elonmusk) June 11, 2025
बीग ब्यूटीफूल बील (कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक) ले विद्युतिय गाडीको मूल्य बढाउने भन्दै उनले ट्रम्प प्रशासनको कदमलाई ‘घृणित र विकृत’को संज्ञा दिएका थिए ।
यसबीच मस्कले ट्रम्प प्रशासन र रिपब्लिकन पार्टीको कडा आलोचना गर्दै विधेयक नरोके आफूले डेमोक्र्याटहरुलाई समर्थन दिने धम्की समेत दिएका थिए । त्यसपछि ट्रम्पले पनि मस्कको तीव्र आलोचना गर्दै मस्कका कम्पनीहरुसँग गरिएको सरकारी ठेक्का सम्झौता खारेज गर्ने अनुदान समेत रोक्ने चेतावनी दिएका थिए ।
विश्वकै सर्वाधिक धनाढ्य टेक व्यवसायी मस्कले ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा ठूलो झन्डै २०० मिलियन डलर सहयोग गरेका थिए । गएको शनिबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले मस्कसँगको आफ्नो घनिष्ष्ठ सम्बन्ध समाप्त भएको बताएका थिए ।
पछिल्ला घटनाले ट्रम्प र मस्कबीचको सम्बन्धमा फाटो ल्याउन सक्ने र त्यसले आगामी दिनमा अमेरिकी राजनीतिमा समेत असर पर्न सक्ने आँकलन भइरहेको छ ।
प्रतिक्रिया 4