+
+
Shares

ईयूको कालोसूचीमा पुनः दोहोरियो नेपाली उड्डयन सेवा

कालोसूचीमा परेका वायुसेवा कम्पनीले ईयूभित्र उडान अनुमति पाउँदैनन् । यसको असर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडान विस्तारमा समेत परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १९:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूरोपेली युनियनले नेपाल नागरिक उड्डयन सेवा पुनः कालोसूचीमा राखेको छ।
  • नेपाल सरकारले ईयूको सूचीबाट निस्किन प्रयास गरिरहेको भए पनि सफलता पाएको छैन।
  • सरकारले कानुनी विधेयक ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने योजना बनाएको छ।

२८ जेठ, काठमाडौं । युरोपेली युनियन (ईयू) को कालोसूचीमा नेपाली नागरिक उड्डयन सेवा पुनः दोहोरिएको छ ।

पछिल्लो समय ३ जुन २०२५ मा ईयूले कालोसूचीमा रहेका संसारभरिका एयरलाइन्सको सूची अद्यावधिक गरेको छ । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भई सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी समावेश छन् ।

नेपाल सन् २०१३ देखि ईयूको कालोसूचीमा निरन्तर छ । ईयूले यस्तो सूची हरेक ६/६ महिनामा अद्यावधिक गर्दै आएको छ । यस क्रममा ईयूले तोकेका मापदण्ड पूरा गर्नें वायुसेवा कम्पनीलाई यो सूचीबाट निकाल्ने र थप्ने कामसमेत गर्छ ।

ईयूका अधिकांश मापदण्ड अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का मापदण्डसँग सम्बन्धित छन् । कालोसूचीमा परेका वायुसेवा कम्पनीले ईयूभित्र उडान अनुमति पाउँदैनन् । यसको असर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडान विस्तारमा समेत परेको छ ।

नेवानिले अहिले युरोपमा उडान अनुमति पाउँदैन । ईयूले कालोसूचीमा राखेका अधिकांश देश र कम्पनी गरिब देशका छन् । यसले नेपालको छविसमेत धुमिल बनाइरहेको छ ।

उता, सरकारले भने हरेकजसो बजेट भाषणमा ईयूको कालोसूचीबाट निस्किन पहल गर्ने बताउँदै आएको छ । तर, निस्किन भने सकेको छैन ।

चालु र आगामी आर्थिक वर्षको बजेट भाषणमा समेत यो विषय समेटिएको थियो । सरकारले ईयूको कालोसूचीबाट हट्ने उद्देश्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउन कानुनी हिसाबमा दुई विधेयक संसद्मा पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?