+
+
Shares

कांग्रेस र एमाले बिचौलियाका लागि काम गर्छन् : प्रचण्ड

‘माओवादी अरूजस्तो पार्टी होइन । हामी जनताको हितका लागि काम गर्छौं । तर कांग्रेस-एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई अन्य पार्टीहरूभन्दा फरक र जनताको हितका लागि काम गर्ने बताए।
  • उहाँले कांग्रेस र एमालेलाई दलाल र बिचौलिया भनी आरोप लगाउँदै माओवादीले जनतासँग प्रत्यक्ष संवाद र समस्या समाधानमा ध्यान दिने बताए।
  • प्रचण्डले मुस्ताङलाई नमुना जिल्लाको रूपमा विकास गर्न माओवादीसँग स्पष्ट योजना रहेको र जनतासँग संवाद जारी राख्ने बताए।

२८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूभन्दा फरक रहेको बताएका छन् ।

मुस्ताङमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनताको हितका लागि मात्रै काम गर्ने बताए ।

‘माओवादी अरूजस्तो पार्टी होइन । हामी जनताको हितका लागि काम गर्छौं । तर कांग्रेस-एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्,’ प्रचण्डले भने ।

माओवादी नेता तथा कार्यकर्तालाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न प्रचण्डले निर्देशन समेत दिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले मुस्ताङलाई नमुना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादीसँग रहेको बताए ।

‘हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ । जनताका समस्या बुझेका छौँ । अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?