+
+
Shares

रास्वपाले सोध्यो सुदूरपश्चिम सभापतिलाई स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ।
  • विष्टले भने, ‘स्पष्टीकरण सोध्ने/दिने पार्टी पद्धतिमा भइरहन्छ, ठूलो कुरा होइन, मैले पठाइसकेँ।’
  • उनी असार २ मा मुम्बई जाने तयारीमा छन्, तर कार्यक्रममा सहभागी नहुने बताएका छन्।

२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिजालले स्पष्टीकरण सोधिएको विषयमा भने जानकारी दिन अस्वीकार गरे ।

रिजालले अनलाइनखबरसँग भने, ‘छानबिनमा भएको कुरा मिडियामा बोल्न मिल्दैन । उहाँ माथि छानबिन भइरहेको छ । ७/१० दिनपछि थाहा पाउनु हुन्छ ।’

पार्टीमा केही विषयमा द्धिविधा भए स्पष्ट पार्नका लागि स्पष्टीकरण सोध्ने प्रचलन रहेकाले यसलाई ठूलो रुपमा लिनु नपर्ने विष्टले बताए । उनले भने, ‘स्पष्टीकरण सोध्ने/दिने पार्टी पद्धतिमा भइरहन्छ । ठूलो कुरा होइन । मैले स्पष्टीकरण पठाइसके ।’

स्पष्टीकरणका लागि तोकिएको समयावधि र विषय रिजाल र विष्ट दुवैले खुलाउन चाहेनन् ।

विष्ट असार २ मा भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेसँगै जाने तय भएको छ ।

रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च भारतको महाराष्ट्र राज्य समितिका प्रथम राज्य भेला आह्वान गरिएको छ ।

भेलाको प्रमुख अतिथिमा उपसभापति डा. वाग्लेलाई निमन्त्रणा गरिएको छ । विष्ट मुम्बइ आउने गरी त्यहाँको समितिले प्रचार गरेपनि उनी त्यहाँको कार्यक्रममा सहभागी नहुने भएका छन् । विष्टले भने, ‘आन्तरिक कामहरु छ । मुम्बईको कार्यक्रममा जान्न होला ।’

स्पष्टीकरण सोधिएका प्रदेश सभापति विष्ट पेशाले इञ्जिनियर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?