
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस बिहीबार सकियो।
- अदालतले आदेश लेखिरहेको भए पनि रातिसम्म आदेश आएको छैन।
- प्रतिवादीहरूलाई अदालत परिसरमै राखिएको छ र अनुसन्धानपछि मुद्दा दायर गरिएको हो।
२९ जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस बिहीबार साँझ ५ बजे नै सकिएको थियो ।
बहस सकिए पनि राति ११ बजेसम्म पनि आदेश आएको छैन । अदालतका कर्मचारीहरूका अनुसार, न्यायाधीश ध्रुवराज कार्की आदेश लेखिरहेका छन् ।
६ घण्टादेखि आदेश लेखन कार्यमा रहँदा अहिलेसम्म आदेश आउन नसकेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, प्रतिवादीहरू सबैलाई अदालतमै राखिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूलाई अहिले अदालत परिसरमै राखिएको छ ।
काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज उक्त बहस सकिएको हो ।
बहस सकिएसँगै जिल्ला अदालत वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।
उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ ।
११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् ।
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको छ ।
प्रतिक्रिया 4